खेल

श्रीलंकाविरुद्ध खेल्दै नेपाल, म्याच जिते रजत पक्का

श्रीलंकाविरुद्ध खेल्दै नेपाल, म्याच जिते रजत पक्का

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा आज नेपालले टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध खेल्दै छ ।  

नेपाल र श्रीलंका विरुद्धको खेल आज बिहान ११ बजेदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । सागमा स्वर्ण जित्ने लक्ष्य लिएको नेपाली महिला टिमका लागि श्रीलंकासँगको खेल निकै महत्वपूर्ण रहेको छ । फाइनलमा पुग्न नेपालले आज श्रीलंकालाई हराउँनै पर्ने हुन्छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले २ खेलमा २ अंक जोडेको छ । श्रीलंका २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी महिला क्रिकेटको शीर्ष दुई टिमले स्वर्णका लागि खेल्ने छन् ।

३ खेलमा अपराजित बंगलादेश ६ अंक जोडेर फाइनल पुगिसकेको छ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपालले १० विकेटको जित निकालेको थियो । टेष्ट राष्ट्र बंगलादेशसँग भने नेपाल १० विकेटको पारजित हुन पुग्यो ।

हालसम्म श्रीलंकासँग खेलेका  २ खेलमा नेपालले जित हासिल गर्न सकेको छैन । यदि आज घरेलु मैदानमा श्रीलंकालाई हराए इतिहास रच्न सफलसमेत हुनेछ । 

श्रीलंका भर्सेस नेपालः महिला क्रिकेट १३ औं साग

विशेष