खेल

पाँच हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले दिलाए नेपाललाई स्वर्ण

पाँच हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले दिलाए नेपाललाई स्वर्ण

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पार गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भए । 

योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ । उक्त दौडमा भारतका सुनिल दावाले रजत जिते । यस्तै, नेपालका हरि रिमालले कांस्य जिते । रिमालले उक्त दूरी १४ मिनेट ५७.०५ सेकेन्डमा पार गरे ।
 

१३ औं साग गोपीचन्द्र पार्की स्वर्ण पदक

विशेष