खेल

भुटानद्वारा बंगलादेशलाई ७० रनको लक्ष्य

भुटानद्वारा बंगलादेशलाई ७० रनको लक्ष्य

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष क्रिकेटमा भुटानले बंगलादेश यू–२३ लाई ७० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनायो ।

उसका लागि तेन्जिन वाङचुक जेएनआरले १५, जिग्मे सिंग्येले १३, जिग्मे दोर्जीले १२, सोनम तोब्जीले नटआउट १० रन बनाए ।

बलिङमा बंगलादेशका मनिक खानले २, सौम्य सरकार, तनवीर इश्लाम, मिन्जउल अफ्रिदी र मेहदी हसनर रानाले एक–एक विकेट लिए । अंक तालिकामा बंगलादेश दोस्रो र भुटान पुछारमा छ ।

१३ औं साग भुटान भर्सेस बंगलादेश

विशेष