मुख्य समाचार

आजको तापक्रम यस वर्षकै न्यून

आजको तापक्रम यस वर्षकै न्यून

काठमाडौंः काठमाडौं उपत्यकाको तापक्रम शुक्रबार बिहान यस वर्षकै सबैभन्दा कम मापन गरिएको छ । बिहीबार बिहान ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको उपत्यकाको तापक्रम आज बिहान ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम तापक्रम घट्दा चिसो बढेको विभागले जनाएको छ ।

अहिले देशका पश्चिमी, मध्य र  पूर्वी पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको मौसमविद मीनकुमार आर्यालले जानकारी दिए ।

अर्यालका अनुसार बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशका पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान विभागले गरेको छ । 

मौसम पूर्वानुमान महाशाखा तापक्रम काठमाडौं

विशेष