१३ औँ सागः टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेट अन्तर्गत टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध नेपालले टस हारेर बलिङकाे माैका पाएकाे छ ।
नेपाल र श्रीलंका विरुद्धको खेल पोखरा रंगशालामा हुँदैछ । सागमा स्वर्ण जित्ने लक्ष्य लिएको नेपाली महिला टिमका लागि श्रीलंकासँगको खेल निकै महत्वपूर्ण रहेको छ ।
फाइनलमा पुग्न नेपालले आज श्रीलंकालाई हराउँनै पर्ने हुन्छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल तालिकाको तेस्रो स्थानमा छ ।
नेपालले २ खेलमा २ अंक जोडेको छ । श्रीलंका २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी महिला क्रिकेटको शीर्ष दुई टिमले स्वर्णका लागि खेल्ने छन् ।
३ खेलमा अपराजित बंगलादेश ६ अंक जोडेर फाइनल पुगिसकेको छ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपालले १० विकेटको जित निकालेको थियो । टेष्ट राष्ट्र बंगलादेशसँग भने नेपाल १० विकेटको पारजित हुन पुग्यो ।
हालसम्म श्रीलंकासँग खेलेका २ खेलमा नेपालले जित हासिल गर्न सकेको छैन । यदि आज घरेलु मैदानमा श्रीलंकालाई हराए इतिहास रच्न सफलसमेत हुनेछ ।
१३ औं साग श्रीलंका भर्सेस नेपालः महिला क्रिकेट