खेल

भुटानमाथि बंगलादेशको फराकिलो जित, सरकारको अर्धशतक

भुटानमाथि बंगलादेशको फराकिलो जित, सरकारको अर्धशतक

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष क्रिकेट अन्तर्गत भुटान विरुद्धको खेलमा बंगलादेश यू–२३ टिम १० विकेटले विजयी भएको छ ।

भुटानले दिएको ७० रनको सामान्य लक्ष्य बंगलादेशले ६.५ ओभरमा बिनाविकेट पूरा गर्‍यो । उसका लागि सौम्य सरकारले ३ छक्का र ५ चौकाको मद्दतमा २८ बलमा नटआउट ५० रन बनाए ।

यस्तै मोहम्मद नइमले १ छक्काको सहयोगमा १३ बलमा नटआउट १६ रनको योगदान दिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनायो ।

उसका लागि तेन्जिन वाङचुक जेएनआरले १५, जिग्मे सिंग्येले १३, जिग्मे दोर्जीले १२, सोनम तोब्जीले नटआउट १० रन बनाए ।

बलिङमा बंगलादेशका मनिक खानले २, सौम्य सरकार, तनवीर इश्लाम, मिन्जउल अफ्रिदी र मेहदी हसनर रानाले एक–एक विकेट लिए । अंक तालिकामा बंगलादेश दोस्रो र भुटान पुछारमा छ ।

१३ औं साग बंगलादेश भर्सेस भुटान

विशेष