खेल

श्रीलंकाको चौथो विकेट पतन, सोनु खड्कालाई लगातार सफलता

श्रीलंकाको चौथो विकेट पतन, सोनु खड्कालाई लगातार सफलता

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेट अन्तर्गत नेपाल विरुद्धको खेलमा टेष्ट राष्ट्र श्रीलंकाले चौथो विकेट गुमाएको छ ।

उसले चौथो विकेटका रुपमा कविशा दिलहारीलाई शून्य रनमा गुमाएको हो । उनलाई शोनु खड्काले एल्बीडब्लू आउट गरिन् । यसअघि उनले श्रीलंकाको तेस्रो विकेट जनादी अनालीलाई ३५ रनमा पनि आउट गरेकी थिइन् ।

सोनुले लगातार २ विकेट लिन सफल भएकी हुन् । यसअघि श्रीलंकाले हर्षित मडावीलाई १६ र उमेषा थिमाशिनीलाई २ रनमा गुमाईसकेको छ ।

नेपाल र श्रीलंका विरुद्धको खेल पोखरा रंगशालामा हुँदैछ । सागमा स्वर्ण जित्ने लक्ष्य लिएको नेपाली महिला टिमका लागि श्रीलंकासँगको खेल निकै महत्वपूर्ण रहेको छ ।

फाइनलमा पुग्न नेपालले आज श्रीलंकालाई हराउँनैपर्ने हुन्छ । अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले २ खेलमा २ अंक जोडेको छ । श्रीलंका २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी महिला क्रिकेटको शीर्ष दुई टिमले स्वर्णका लागि खेल्ने छन् ।

३ खेलमा अपराजित बंगलादेश ६ अंक जोडेर फाइनल पुगिसकेको छ । पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपालले १० विकेटको जित निकालेको थियो । टेष्ट राष्ट्र बंगलादेशसँग भने नेपाल १० विकेटको पारजित हुन पुग्यो ।

हालसम्म श्रीलंकासँग खेलेका  २ खेलमा नेपालले जित हासिल गर्न सकेको छैन । यदि आज घरेलु मैदानमा श्रीलंकालाई हराए इतिहास रच्न सफलसमेत हुनेछ ।

श्रीलंका भर्सेस नेपालः १३ औं साग महिला क्रिकेट सोनु खड्का

विशेष