'दि कर्मा' मा एक्सन अवतारमा निता (टिजरसहित)

काठमाडौँ । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र 'दि कर्मा' को अफिसियल टिजर सार्वजनिक गरिएको छ।
५५ सेकेन्डको टिजर हेर्दा चलचित्र एक्सन बेस्डमा निर्माण भएको सजिलै अनुमान लगाउन सकिन्छ । सार्वजनिक टिजरमा निता र करणको दमदार एक्सन देख्न सकिन्छ। जय राज राय संगै श्रीदेव बि.एल.र निशा खतिवडा निर्माता रहेको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।
आउँदो माघ १७ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा निता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धी तामाङ, करण लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
नेपाली चलचित्र दि कर्मा