खेल

माल्दिभ्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, ओपनिङमा पारस–ज्ञानेन्द्र

माल्दिभ्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, ओपनिङमा पारस–ज्ञानेन्द्र

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेपाल र माल्दिभ्सबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ ।

दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ ।

नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

माल्दिभ्स भर्सेस नेपाल १३ औं साग

विशेष