खेल

१३ औँ सागः नेपाल फाइनल पुग्न असफल

१३ औँ सागः नेपाल फाइनल पुग्न असफल

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपाल फाइनल पुग्न असफल भएका छन् ।

आज टेष्ट राष्ट्र श्रीलंकाविरुद्ध ४१ रनले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको हो । श्रीलंकाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनायो ।

नेपालका लागि कप्तान रुबिना बेल्बासीले सर्बाधिक १९ रन बनाइन् । यसअघि पोखरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन बनायो ।

उसका लागि लिहिनी अप्सराले ३७, जनादी अनालीले ३५, कप्तान हर्षित मडावीले १६,  सत्य सन्दीपनीले २२, उमेषा थिमाशिनीले २ र जिमान्जाली विजनेयके रन बनाइन् ।

बलिङमा नेपाली सोनु खड्का सरस्वतीकुमारी चौधरीले २–२ र अञ्जली चन्दले एक विकेट लिइन् ।
 

नेपाल भर्सेस श्रीलंका

विशेष