खेल

माल्दिभ्सविरुद्ध नेपालको खराब ब्याटिङ, पवन शून्यमै आउट!

माल्दिभ्सविरुद्ध नेपालको खराब ब्याटिङ, पवन शून्यमै आउट!

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा नेपालले सस्तैमा ५ विकेट गुमाएको छ । नेपालले पाँचाै विकेटका रुपमा पवन सराफलाई शून्य रनमै गुमाएको हो ।

यसअघि नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई १९, राेहित पाैडेललाई १०, आरिफ शेखलाई १९, आरिफ शेखलाई १७, पारस खड्कालाई ११ रनमा गुमाइसकेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ११ ओभरमा ५ विकेट गुमाएर ७७ रन बनाएको छ ।

नेपाल र माल्दिभ्सबीचको खेल कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । दोस्रो खेलमा भुटानलाई १ सय ४१ रनको फराकिलो रन अन्तरले हराएको नेपालले आज पनि त्यही लय राख्न चाहन्छ । जारी प्रतियोगितामा माल्दिभ्सले २ खेलेको छ । र, दुवै खेलमा पराजित भएको छ ।

नेपालले २ खेलमा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको हारको सामना गर्नु परेको थियो ।

नेपाल भर्सेस माल्दिभ्स १३ औं साग

विशेष