राशिफल

मङ्सिर २१ गते शनिबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस आजको राशिफल

मङ्सिर २१ गते शनिबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल मङ्सिर महिनाको २१ गते शनिबार, तदअनुसार सन् २०१९ डिसेम्बर ७ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष

नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।

वृष–

बलजफ्तीले चिताएको काम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ।

मिथुन–

केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।

कर्कट–

लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।

सिंह–

आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ।

कन्या–

काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ।

तुला–

सरकारी कार्यमा खासै सफलता मिल्ने छैन। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। रमणीय यात्राको अवसर मिल्नेछ।  

वृश्चिक–

सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। अनावश्यक झैँ झमेलामा परिने छ।  

धनु–

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। दमपटी जीवन सुखद रहने छ।  

मकर–

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो क्षेत्रमा अधिकार जमाउने समय रहेको छ।  

कुम्भ–

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ। मान प्रतिष्ठा भंग हुन सक्ला अलि विचार पुर्याउनु पर्नेछ।  

मीन–

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। सामाजिक कार्यमा खासै प्रगति हुने देखिदैन।  

#Horoscope#

विशेष