१३ औँ साग: आज यी खेलमा प्रतिष्पर्धा हुदै
काठमाडौँ। दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार एथ्लेटिक्सको ९ वटा स्वर्णका लागि भिडन्त हुनेछ । बिहान ७ बजे नै महिला र पुरुष म्याराथन दशरथ रंगशालाबाट सुरू हुने तय छ।
पोखरामा आर्चरीको ४ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। बास्केटबल त्रिपुरेश्वरमा जारी रहनेछन् भने बक्सिङको क्वार्टरफाइनलका खेल हुनेछन्। पुरुष क्रिकेटमा नेपाल र बंगलादेशबीच ११ बजे खेल कीर्तिपुर मैदानमा खेल हुनेछ।
महिला क्रिकेटको तेस्रो स्थानका लागि नेपालले माल्दिभ्ससँग पोखरा रंगशालामा भिड्नेछ। साइक्लिङमा रोड रेसका २ वटा स्वर्णका लागि खेल हुनेछ। फेन्सिङमा ३ स्वर्णका लागि भिडन्त हुनेछ। दशरथ रंगशालामा साढे १ बजे पुरुष फुटबलमा नेपाल र माल्दिभ्सबीच खेल हुनेछ।
पोखरामा ह्यान्डबलको सेमिफाइनल हुनेछ। जुडोको ड्र शनिबार हुनेछ भने प्रतिस्पर्धा आइतबारदेखि सुरू हुनेछ आइतबार ७ वटा स्वर्णको टुंगो लाग्नेछ। स्क्वासको सेमिफाइनलमा खेल हुनेछ। पौडीमा ७ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। कबड्डी र सुटिङको खेल जारी हुनेछ।
टेनिसमा पनि प्रतिस्पर्धा जारी रहनेछ। पोखरामा हुने भारोत्तोलनमा ५ स्वर्ण र जनकपुरमा हुने कुस्तीमा ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
१३ औं साग