खेल

महिला म्याराथनमा श्रीलंकाले जित्यो स्वर्ण, नेपाललाई रजत

महिला म्याराथनमा श्रीलंकाले जित्यो स्वर्ण, नेपाललाई रजत

काठमाडौँ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडअन्तर्गत महिलातर्फको प्रतिस्पर्धामा नेपाल दोस्रो भएको छ ।

शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सेकेन्डमा पूरा गर्दै रजतमा चित्त जितेकी हुन् । 

श्रीलंकाकी हिरुनी केसाले भने २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा दौड पुरा गरि स्वर्ण जित्दा नेपालकी पुष्पा भण्डारी भने दोस्रो भइन् । उनले निर्धारित दुरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् ।

पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

 सागमा इतिहासमा महिला म्याराथनको रेकर्ड भने अहिलेसम्म तोडिएको छैन।

म्याराथन

विशेष