गौरिकाले जितिन् फेरि अर्को स्वर्ण
काठमाडौँ — दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमै पौडीको व्यक्तिगत स्पर्धामा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी गौरिका सिंहले आइतबार पुन: अर्को स्वर्ण जितेकी छन् ।
महिला तर्फको ४ सय मिटर फ्रीस्टाइलमा स्वीमिङमा उनले स्वर्ण जितेकी हुन्। उनले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेन्डमा पार गरिन्। यसअघि दुई एकल स्वर्णका साथै टिम रिलेमा एउटा कांस्य पदक जितिसकेकी नेपाली किशोरी गौरिकाले शनिबार पौडीमा अर्को रजत पदक पनि जितेकी थिइन्।यससँगै नेपालकाे स्वर्ण पदक सङ्ख्या ४५ पुगेकाे छ।