मनोरञ्जन

राम लिम्बुले जिते दोस्रो भ्वाइस अफ नेपालको उपाधि

राम लिम्बुले जिते दोस्रो भ्वाइस अफ नेपालको उपाधि

काठमाडौंः दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुले हात पारेका छन् । शनिबार राति काठमाडौंको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बुले उपाधि हात पारेका हुन् । 

टीम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल भए । उपाधि जितेसँगै लिम्बुले ड्याट्सन गाडी, १२ लाख नगद र म्युजिक एल्बमको कन्ट्रयाक्टसमेत हासिल गरेका छन् । 

कम भोट प्राप्त गरेका कारण प्रतिष्पर्धामा रहेका विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफ पछि परे । यसअघि फिनालेमा पुगेका उनीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतियोगितामा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था रावत कोचको भूमिका रहेका थिए ।  

राम लिम्बु दोस्रो भ्वाइस अफ

विशेष