Technology

वायुमण्डल र पर्यावरणबारे अनुसन्धान केन्द्र स्थापना हुने

शिक्षामन्त्रीले गरे उद्घाटन

वायुमण्डल र पर्यावरणबारे अनुसन्धान केन्द्र स्थापना हुने

काठमाडौँ । वायुमण्डल र पर्यावरणबारे अध्ययन गर्न नेपालमा छुट्टै अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । बल्खुस्थित जनप्रशासन क्याम्पस नजिक बन्ने राष्ट्रिय अनुसन्धान केन्द्रको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार शिलान्यास गरे।

सो केन्द्रको शिलान्यास गर्दै मन्त्री पोखरेलले देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण क्षेत्र भएको बताए ।

अनुसन्धान केन्द्रलाई ‘नेशनल एटमोस्फेरिक रिसर्च एण्ड इन्भारोमेन्टल रिसर्च ल्याब्रोटरी’ (नारेल) नाम दिइएको छ । सो अनुसन्धान केन्द्रमा वायु ऊर्जा, मौसम पूर्वानुमानका साथै आणविक भट्टी दुर्घटना हुँदा पर्नसक्ने असरबारेसमेत अनुसन्धान गर्न सकिने छ ।

अनुसन्धान केन्द्रका निर्देशक डा. रामप्रसाद रेग्मीले अनुसन्धान भवन निर्माणका लागि सरकारले दुई करोड बजेट छुट्याएको जानकारी दिए । एक करोड २३ लाख रुपैयाँमा भवन निर्माणको टेण्डर भएको छ ।

आवासीय सुविधासहित तीनतले सो भवनको निर्माण एक वर्ष्भित्रै सम्पन्न गर्ने लक्ष्य छ । अनुसन्धान केन्द्रमा दुई दर्जनभन्दा बढी अनुसन्धानकर्ताहरुले चौबीसै घण्टा अनुसन्धान गर्न सक्ने छन् ।

विशेष