खेल

साग फुटबलः फाइनल पुग्न नेपालले आज बंगलादेशसँग भिड्दै

साग फुटबलः फाइनल पुग्न नेपालले आज बंगलादेशसँग भिड्दै

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल प्रवेशका लागि नेपालले आज बंगलादेशी टिमसँग खेल्दै छ । नेपाल–बंगलादेशबीचको खेल नेपाली समयअनुसार आज साँझ ५ बजेदेखि सुरु हुँदैछ ।  

दशरथ रंगशालामा हुने खेलमा नेपाललाई फाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । बंगलादेशलाई भने फाइनल पुग्न जित अनिवार्य छ ।   

तालिकामा नेपालको ७ अंक रहँदा बंगलादेशले ४ अंक जोडेका छ । श्रीलंका र माल्दिभ्सको भने समान २–२ अंक रहेको छ । आजको विजेता टिमले सागको स्वर्ण पदका लागि भुटानविरुद्ध खेल्ने छ ।  

नेपाल भर्सेस भुटान १३ औं साग पुरुष फुटबल

विशेष