मुख्य समाचार

उपनिर्वाचनमा विजयी प्रदेशसभा सदस्य भँडेलले आज सपथ लिँदै

उपनिर्वाचनमा विजयी प्रदेशसभा सदस्य भँडेलले आज सपथ लिँदै

हेटौँडाः हालै सम्पन्न उपनिर्वाचनबाट ३ नम्बर प्रदेशको सदस्यमा निर्वाचित भएका कृष्णलाल भँडेललाई आज शपथग्रहण गर्ने भएका छन् । उनलाई दिउँसो ३ बजे प्रदेश सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गराउने प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत मंसिर १४ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत ल्याई निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत ल्याएका थिए ।

प्रदेशसभामा आज नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण तथा दुईवटा पुस्तक विमोचन कार्यक्रमसमेत हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । 

कृष्णलाल भँडेल उपनिर्वाचन शपथग्रहण

विशेष