खेल

१३ औँ सागः बंगलादेशमाथि श्रीलंकाको फराकिलो जित

१३ औँ सागः बंगलादेशमाथि श्रीलंकाको फराकिलो जित

काठमाडौंः नेपालमा जारी १३ औँ दक्षिण एसियाली केलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटको समूह चरण्को अन्तिम खेलमा बंगलादेशमाथि श्रीलंका ९ विकेटले विजयी भएको छ । बंगलादेशले दिएको १ सय ५१ रनको लक्ष्य श्रीलंकाले १६.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि लसिथ क्रोसपुल्लीले ४१ बलमा ४ छक्का र ७ चौका प्रहार गर्दै नटआउट ७३ रन बनाए । यस्तै पथम निसान्काले अविजित ६७ रन बनाए । बलिङमा बंगलादेशका मेहदी हसन रानाले एक विकेट लिए । 

यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनायो ।

उसका लागि यासिर अलिले ५१, महिदुल इस्लाम अंकनले ४४, जाकिर हसनले नटआउट २० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

बलिङमा श्रीलंकाका असिता फर्नान्डोले २, कविष्का अन्जुला, जहान डानियल र शम्मु आशानले एक–एक विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा सौम्य सरकार र बंगलादेश–२३ का नियमित कप्तान नजिमुल हुसैनले खेलेका छैनन् ।

पुरुष क्रिकेटको स्वर्ण पदकका लागि सोमबार बंगलादेश र श्रीलंका नै भिड्ने छन् । बंगलादेशले शनिबार नेपाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

१३ औं साग पुरुष क्रिकेट श्रीलंका विरुद्ध बंगलादेश

विशेष