खेल

साग महिला क्रिकेट : बंगलादेशले जित्यो स्वर्ण, श्रीलंका २ रनले पराजित

साग महिला क्रिकेट : बंगलादेशले जित्यो स्वर्ण, श्रीलंका २ रनले पराजित

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकालाई हराउँदै बंगलादेशले स्वर्ण जितेको छ। आइतबार पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ रनले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन जोडेको थियो । बंगलादेशका लागि विकेट किपर निगर सुल्तनाले २९ रन जोडिन्। यस्तै, फहिमा खातुन र सन्जिदा स्लामले समान १५/१५ रनको योगदान गरे। श्रीलंकाका लागि उमेशा तिमासिनाले बंगलादेशको ४ विकेट लिइन्।

९२ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्स वमन बंगलादेशको बलरसामु खुलेर खेल्न सकेनन्। क्याप्टेन हर्सिता माधवी र लिहिनी अप्सराले क्रमस ३२ र २५ रन बनाउन बाहेक अन्यले उल्लेख्य रन जोड्न सकेनन्।

श्रीलंकाको पक्षमा रहेको खेल बंगलादेशका बलरले उल्टयाए। श्रीलंकालाई १२ बलमा ११ रन आवश्यक परेको बेला साथमा ३ विकेट थियो। तर लगातार विकेट गुमाउन पुग्दा ८ रन मात्रै जोड्न सक्यो।

यससँगै बंगलादेशले २ रनको रोमाञ्‍चक जित हात पार्‍यो। श्रीलंकालाई सस्तैमा रोक्न नहिदा अक्तरले २ विकेट लिइन्। उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै ९ रन मात्रै खर्चिन्। त्यस्तै, जहानारा आलम, सल्मा खातुन र खादिजा तुल कुब्राले ११ विकेट लिए।

विशेष