खेल

टी–२० सिरिजः भारतमाथि वेस्ट इन्डिजको फराकिलो जित

टी–२० सिरिजः भारतमाथि वेस्ट इन्डिजको फराकिलो जित

काठमाडौंः भारत विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी भएको छ । भारतले दिएको १ सय ७१ रनको लक्ष्य वेस्ट इन्डिजले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि लेन्डल सिमन्सले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ६७ रन बनाए । यस्तै निकोलश पूरनले २ छक्का र ४ चौकाको सहयोगमा १८ बलमा नटआउट ३८ रनको योगदान दिए ।

इभन लुइस ४० र शिमरोन हेटमाइर २३ आउट भए । बलिङमा रविन्द्र जडेजा र वासिङटन सुन्दरले एक–एक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो ।

उसका लागि शिवम दुवेले ५४, ऋषभ पन्तले नटआउट ३१, कप्तान विराट कोहलीले १९, रोहित शर्माले १५, केएल राहुलले ११, श्रेयस अय्यरले १० रन बनाउँदा अन्यले भने सन्तोषजनक ब्याटिङ गरेनन् । बलिङमा वेस्ट इन्डिजका हेडन वाल्स, केस्रिक विलियम्सले २–२, सेल्डन कट्रेल र खारी पियरेले एक–एक विकेट लिए ।

जितसँगै तीन खेलको सिरिज वेस्ट इन्डिजले १–१ को बराबरी बनाएको छ । भारत र वेस्ट इन्डिजबीचको सिरिजको अन्तिम खेल ११ नोभेम्बर हुनेछ ।

टी–२० क्रिकेट सिरिज वेस्ट इन्डिज भर्सेस भारत

विशेष