खेल

१३ औँ सागः कांस्यका लागि माल्दिभ्ससँग खेल्दै नेपाल

१३ औँ सागः कांस्यका लागि माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडौंः १३ औँ दक्षिण एसियाली केलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा कांस्य पदकका लागि आज नेपाल र माल्दिभ्स खेल्दै छन् । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार बिहान ९ बजेदेखि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुँदैछ ।

समूह चरणमा नेपालविरुद्ध माल्दिभ्स ८४ रनले पराजित भएको थियो । उक्त खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

उक्त खेलमा नेपालका अलराउन्डर करन केसीले विस्फोटक ब्याटिङ गरेका थिए । उनले १६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाएका थिए ।

१ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले पूरा २० ओभर खेल्न सफल हुँदै ७९ रन बनाएकाे थियाे । आजै दिउँसो १ बजे स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश खेल्दै छन् ।

नेपाल भर्सेस माल्दिभ्स १३ औं साग

विशेष