खेल

कांस्य पदकका लागि माल्दिभ्सविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

कांस्य पदकका लागि माल्दिभ्सविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौंः १३ औँ दक्षिण एसियाली केलकुद (साग) को पुरुष क्रिकेट अन्तर्गत कांस्य पदकका लागि माल्दिभ्ससँग भइरहेको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपाल र माल्दिभ्सबीचको खेलकीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । 

समूह चरणमा नेपालविरुद्ध माल्दिभ्स ८४ रनले पराजित भएको थियो । उक्त खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

उक्त खेलमा नेपालका अलराउन्डर करन केसीले विस्फोटक ब्याटिङ गरेका थिए । उनले १६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाएका थिए ।

१ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले पूरा २० ओभर खेल्न सफल हुँदै ७९ रन बनाएको थियो । आजै दिउँसो १ बजे स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश खेल्दै छन् ।

नेपाल भर्सेस माल्दिभ्स कास्य पदक

विशेष