स्वास्थ्य

के तपाईलाई पनि युरिक एसिड भएको छ ? थाहा पाउनुहोस यसको असर र रोकथामका उपायहरु

के तपाईलाई पनि युरिक एसिड भएको छ ? थाहा पाउनुहोस यसको असर र रोकथामका उपायहरु

रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैलीसँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ ।

 रगतमा युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिड युक्त खाद्यान्नहरूको मूख्य भूमिका छ । यूरिक एसिडको, प्युरिन न्युक्लिक एसिड उपपाचन मेटावोलिजमको अन्तिम उत्पादन हो । रगतमा यूरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले वा बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्नाले बढ्छ छ । यस्तो अवस्थामा प्युरिन न्युक्लिक एसिडयुक्त खाने कुराहरू पहरेज गरी, बनेको यूरिक एसिडलाई पिसाब मार्फत  बगाएर लैजाने र यूरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई समन गर्न सघाउने खालका खानेकुराहरू खान आवश्यक छ ।

के खाने ?

१. पानी पिउनु

 बिहान उठने बित्तिक्कै पानी पिउनु । रगतमा यूरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको यूरिक एसिडलाई पिसापद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लीटर पानी पिउन आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउनु पर्छ ।

२. चेरी 

प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पुर्याउछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुन्छ । यसले यूरिक एसिडलाई न्यूट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुनबाट बचाउँछ । दैनिक २० देखी ३० चेरी खाने गरेमा रगतमा यूरिक एसिड नियन्त्रण गरी गौट प्रतिरोधात्मकता बढाउँछ। 

३.स्याउ

दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले यूरिक एसिडलाई न्यूट्र«लाइजेसन गर्नुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।

४. अमिला फलफूल

अमिला फलफूलमा सीट्रक एसिड पाइन्छ । जसले यूरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।

५. फाइवर्स फूड 

चोकर रेशा र चोकर युक्त , खस्रा मोटा र सग्ला खाद्यको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया तथा क्षारीय सागसब्जी , खस्रामोटा अन्न र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ

६.ज्वानाको झोलको सेवनले पनि यूरिक एसिड समनमा मद्दत पुर्याउँछ ।

७. केरा, ब्रोकाउली , काँक्रो गाजरजस्ता फलफूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाईन्छ । यी फलफूलहरूमा पाईने भिटामिन “ए”, “सी”, “ई” र “बी कम्प्लेक्स” हरूले युरिक एसिडबाट हुने बाथ कम गर्न मद्दत गर्छ ।

८.आलसको तेल

 आलसको ओमेगा ३ को श्रोत हो । यसले यूरिक एसिड बढेर हुने प्रदाह कम गर्दछ । ९.ग्रीन टी – ग्रीन टी मा एन्टीअक्सिडेण्टको प्रचुरमात्रा भएकोले यूरिक एसिडमा राम्रो मानिन्छ ।

के नखाने ?

१. मासु यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुटु,कलेजो मिर्गौला र गिदी जस्ता भित्री अ¨को मासु खान हुँदैन , रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।

२. समुन्द्री खाद्यान्न पदार्थ  विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरि¨, ट्यूना,एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।

३. मदिरा – युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, ≈वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा वर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुन पनि रोक्दछ ।

४ कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । फ्रूक्टोजले एटीपी लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

५. दाल – गेडागुडि – दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ । ६.यस्ता खाले फलफुल  कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो, च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि ज्यादा पाइन्छ ।

७ .जंक फूड – जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभ ले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ ।

 

 

युरिक एसिड

विशेष