खेल

१३ औँ साग अन्तर्गत आज १३ खेलमा प्रतिष्पर्धा हुदै

१३ औँ साग अन्तर्गत आज १३ खेलमा प्रतिष्पर्धा हुदै

काठमाडौँ: १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुँदैछ । महिला फुटबलको उपाधिका लागि नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पोखरा रंगशालामा खेल्दैछ ।

नेपाल अघिल्लो संस्करणमा भारतसँग पराजित भएर रजत पदकमा चित्त बुझाएको थियो । यसपटक नेपाली टोली भारतसँग बदला लिने दाउमा छ । यद्यपी लिग चरणमा नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो । नेपाल पुरुष फुटबलको भने फाइनलमा पुगेको छ ।

फाइनल खेल समापन समारोह अघि मंगलबार दशरथ रङगशालामा हुनेछ । फाइनलमा नेपाल र भुटान भिड्नेछन् । साग क्रिकेटको  अन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि सोमबार हुँदैछ । स्वर्णका लागि श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।

 

१३ औं साग

विशेष