खेल

माल्दिभ्सलाई दोस्रो झड्का, ललितले दिलाए नेपाललाई सफलता

माल्दिभ्सलाई दोस्रो झड्का, ललितले दिलाए नेपाललाई सफलता

काठमाडौंः १३ औँ दक्षिण एसियाली केलकुद (साग) को पुरुष क्रिकेट अन्तर्गत कांस्य पदकका लागि नेपालसँग खेलिरहेको माल्दिभ्सले महत्वपूर्ण २ विकेट गुमाएको छ । माल्दिभ्सले दोस्रो विकेटका रुपमा अहमद हसनलाई ६ रनमा गुमाएको छ । उनलाई ललितनारायण राजवंशीले क्लिन बोल्ड गरे ।

यसअघि माल्दिभ्सले पहिलो विकेटका रुपमा अर्का ओपनर मोहम्मद रिजवानलाई १७ रनमा गुमाउन पुग्यो । उनलाई सुशन भारीले क्लिन बोल्ड गर्न सफल भए । यो समाचार तयार पार्दासम्म माल्दिभ्सले ७ ओभरमा २ विकेट गुमाएर ३५ रन बनाएको छ ।

माल्दिभ्स विरुद्धको खेलमा नेपालले आज टस जितेर बलिङ गरिरहेको हो । नेपाल र माल्दिभ्सबीचको खेलकीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको छ । 

समूह चरणमा नेपालविरुद्ध माल्दिभ्स ८४ रनले पराजित भएको थियो । उक्त खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

उक्त खेलमा नेपालका अलराउन्डर करन केसीले विस्फोटक ब्याटिङ गरेका थिए । उनले १६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाएका थिए ।

१ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले पूरा २० ओभर खेल्न सफल हुँदै ७९ रन बनाएको थियो । आजै दिउँसो १ बजे स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश खेल्दै छन् ।

१३ औं साग नेपाल भर्सेस माल्दिभ्स पुरुष क्रिकेट

विशेष