मनोरञ्जन

के तपाई पनि तातोपानीले नुहाउनुहुन्छ ? उसो भए यी कुरामा ध्यान दिनुहोस्

के तपाई पनि तातोपानीले नुहाउनुहुन्छ ? उसो भए यी कुरामा ध्यान दिनुहोस्

जाडो सुरु भएसंगै मानिसहरु तातो पानीमा नुहाउन मन पराउछन ।  जाडोमा तातो पानीले नुहाउनुको मज्जा पनि छुट्टै छ । तातो पानीले नुहाउनुका केहि फाइदाहरु त छन् नै यसले शरीरलाई तातो बनाउन र स्ट्रेसबाट पनि छुटकारा दिलाउछ यद्धपी तरतो पानीले धेरैबेरसम्म नुहाउनु भने शरीरका लागि  हानिकारक छ, 

तातोपानीले शरीरमा लगाएको मोईस्चराइजर लाई पखालिदिन्छ।  यदि लामो समयसम्म तातोपानीमा बसिरहेमा शरीरमा भएको प्राकृतिक मोईस्चराइजरलाई समेत कम गरिदिन्छ।  जसले हाम्रो छालामा नकारात्मक असर पर्छ।  

स्किन ड्राई भएपछी हाम्रो छाला बिस्तारै फुट्न थाल्छ।  यसो भएमा तुरुन्तै डाक्टरको सल्लाह लिनु आवश्यक छ अन्यथा विभिन्न ब्याक्टेरियाले इन्फेक्सन हुने खतरा रहन्छ।  

एक अध्ययनका अनुसार ३० मिनेट भन्दा बढी तातोपानीमा नुहाउने मानिसको प्रजनन क्षमतामा समेत असर पर्छ।

तातोपानीले सकेसम्म मुख धुनु हुदैन यसले समयमै अनुहार चाउरिने समस्या निम्तन सक्छ।  

तातो पानीले कपाल नुहाउनाले कपाल ड्राई हुने र झर्ने समस्या हुन्छ।  

रिसर्चका अनुसार १०/१५ मिनेट भन्दा बढी तातो पानीले नुहाउनु हुदैन।  नुहाईसकेपछि शरीरमा मोईइस्चराइजर क्रिम अवश्य लगाउनु होस् जसले स्किन ड्राई नहोस साथै अन्य समस्या पनि ननिम्तियोस 

जाडो तातोपानी

विशेष