खेल

माल्दिभ्सले दियो नेपाललाई ९५ रनको लक्ष्य

माल्दिभ्सले दियो नेपाललाई ९५ रनको लक्ष्य

काठमाडौंः १३ औँ दक्षिण एसियाली केलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा कांस्य पदकका लागि भइरहेको खेलमामाल्दिभ्सले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको माल्दिभ्सले निर्धाििरत २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

उसका लागि लीम शफीगले सर्बाधिक नटआउट १९ रन बनाए । बलिङमा ललित राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिए ।

समूह चरणमा नेपालविरुद्ध माल्दिभ्स ८४ रनले पराजित भएको थियो । उक्त खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

उक्त खेलमा नेपालका अलराउन्डर करन केसीले विस्फोटक ब्याटिङ गरेका थिए । उनले १६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाएका थिए ।

१ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले पूरा २० ओभर खेल्न सफल हुँदै ७९ रन बनाएको थियो । आजै दिउँसो १ बजे स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश खेल्दै छन् ।

माल्दिभ्स भर्सेस नेपाल

विशेष