खेल

१३ औँ पुरुष क्रिकेटः माल्दिभ्सलाई हराउँदै नेपालले जित्यो कांस्य

१३ औँ पुरुष क्रिकेटः माल्दिभ्सलाई हराउँदै नेपालले जित्यो कांस्य

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली क्रिकेट टिमले कांस्य पदक प्राप्त गरेको छ । आज माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले कांस्य पदक प्राप्त गरेको हो । आज माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि आरिफ शेखले ३२, कप्तान ज्ञानेन्द्र मल्लले २२, विनोद भण्डारीले १२, पारस खड्काले ३, दिपेन्द्रसिंह ऐरीले २ रन बनाए । यस्तै रोहितकुमार पौडेल १५ र पवन सराफ १० रनमा अविजित रहे ।

बलिङमा माल्दिभ्सका उमर आदमले ३ र लीम शफीगले एक विकेट लिए । यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

उसका लागि लीम शफीगले सर्बाधिक नटआउट १९ रन बनाए । बलिङमा ललित राजवंशीले ३, सुशन भारीले २ र पारस खड्काले १ विकेट लिए ।

समूह चरणमा नेपालविरुद्ध माल्दिभ्स ८४ रनले पराजित भएको थियो । उक्त खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

उक्त खेलमा नेपालका अलराउन्डर करन केसीले विस्फोटक ब्याटिङ गरेका थिए । उनले १६ बलमा ४ छक्का र २ चौकाको मद्दतमा १६ बलमा नटआउट ४० रन बनाएका थिए ।

१ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले पूरा २० ओभर खेल्न सफल हुँदै ७९ रन बनाएको थियो । आजै दिउँसो १ बजे स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश खेल्दै छन् ।

१३ औं साग माल्दिभ्स भर्सेस नेपाल

विशेष