मुख्य समाचार

कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका प्रबन्धकको मृत्यु

कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका प्रबन्धकको मृत्यु

कपिलवस्तुः पूर्व–पश्चिम राजमार्गको वोर्डगाउँ नजिक कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको ज्यान गएको छ ।

बा. ६ च ६३९० नम्बरको कार सोमबार बिहान करिब ८ बजेतिर दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका–९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको ज्यान गएको हो ।

तीव्र गतिमा रहेका कारण कार दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कार अनियन्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठोक्‍किएको थियो ।

कारमा सवार अन्य ५ जना घाइते छन् । घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जनाको वाणगंगास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 

कपिलवस्तु ग्लोबल आईएमई बैंक पूर्व–पश्चिम राजमार्ग कार दुर्घटना

विशेष