खेल

हारसँगै महिला फुटबल प्रशिक्षकले दिए राजीनामा

हारसँगै महिला फुटबल प्रशिक्षकले दिए राजीनामा

काठमाडौँ । साग फुटबलकाे फाइनलमा भारतसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।  हारसँगै नैतिकताका आधारमा टोलीको प्रशिक्षकबाट राजीनामा दिएको खड्काले जनाएका छन् ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा खड्काले भने–‘हारको सम्पूर्ण जिम्मेवारी लिँदै आजैका मितिबाट महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु । प्रशिक्षकबाट राजीनामा दिएपनि फुटबलमा भने कुनै न कुनै भूमिकामा रहनेछु ।’

खड्का गत जेठमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

विशेष