मनोरञ्जन

सलमानको निर्देशनमा दबङ ३ बाट मलाइका 'आउट'

सलमानको निर्देशनमा दबङ ३ बाट मलाइका 'आउट'

दबङ ३ बाट आइटम डान्सका गर्नका लागि मलाइका अरोडाको नाम काटिएको छ। भारतीय सञ्चार माध्यमले जनाएअनुसार सल्मान खानको निर्देशनमा मलाइकालाई आउट गरिएको हो ।

 

मलाइकाले ‘दबङ’ मा गरेको ‘मुन्नी बदनाम हुई’ आइटम सुपरहिट भएको थियो । उनलाई दबङ ३ मा पनि आइट डान्स गराइने भन्ने समाचारहरू बाहिरिएका थिए । तर, सलमानका भाइ अरबाज खानसँग सम्बन्धविच्छेद पछि उनलाई दबङको आइटम डान्सबाट आउट गरिएको भारतीय मिडियाहरूले जनाएका छन् ।

 

यो काम सलमानकै निर्देशनमा हुनसक्ने अनुमान मिडियाले गरेका छन् । पछिल्लो समय मलाइका अमिनेता अर्जुन कपुरसँग जनिकिएकी छन् । सलमानले पहिलेदेखि नै आफ्नी बुहारी मलाइका र अर्जुन कपुरको सम्बन्धलाई रुचाएका छैन ।

 

अहिले भने उक्त विषयको काण्डमाथि मलाइकाको भनाइ बाहिर आएको छ । मलाइकाले एक कार्यक्रममा भनेकी छन्, ‘मैले धेरै आइटम गीत दिएको छु, तर मलाई लाग्दैन कि मलाई लिएर कुनै पनि धारणा बनेको छ । मैले सधैँ उही काम गरेँ, जुन म चाहन्थेँ । मलाई लाग्दैन कि आइटम गीतले कुनै पनि ढंगको ट्याग वा लेभल लगाउँछ ।’

मलाइका अरोडा काठमाडौं उपत्यका विकास प्राधिकरण

विशेष