मुख्य समाचार

धेरै निदाउँदा पनि मुटु रोगको खतरा

धेरै निदाउँदा पनि मुटु रोगको खतरा

एजेन्सी । आवश्यकताभन्दा बढी निदाउँदा पनि मुटुमा समस्या हुन सक्ने एक अध्ययनले देखाएको छ । उत्तरी छिमेकी राष्ट्र चीनमा गरिएको एक अध्ययनले बढी निदाउँदा पनि मुटु रोगको खतरा बढ्ने देखाएको हो ।

 

उक्त अनुसन्धान ८ वर्ष लगाएर झण्डै १२ हजार मानिसहरूमाथि गरिएको थियो । चीनको म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजमा भएको एक अनुसन्धानमा २१ देशका ११,७०० मानिसहरू सहभागी थिए । जसको उमेर ३५ देखि ७० वर्षको बीचमा थियो । जसमा १ हजार मानिसहरू जो राति ६ देखि ८ घण्टा निदाएका थिए, उनीहरूमध्ये ७.८ प्रतिशत मानिसमा मुटु रोग (हार्ट फेल्योर) को समस्या देखिएको थियो ।

 

त्यस्तै ८ देखि ९ घण्टा सुत्ने १ हजार मानिसमध्ये ८.४ प्रतिशत र ९ देखि १० घण्टा सुत्ने मानिसहरुमा १०.४ प्रतिशत मानिसमा मुटुसम्बन्धी रोग देखिएको थियो । म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजका प्रोफेसर चुआंगसी वाङका अनुसार धेरै निदाउने मानिसमा मुटु रोग हुने र ज्यान नै जानेसम्मको खतरा देखिन्छ । उनी भन्छन् ‘शरीरमा भएका विभिन्न समस्याले गर्दा पनि मानिसहरु लामो समयसम्म निदाउँछन्, जसले झन् मुटुसम्बन्धी समस्या बढाउँछ ।

 

युरोपियन हार्ट जर्नलमा प्रकाशित यस रिसर्चका अनुसार लामो निद मुटु रोगको कारण हुने बताए पनि कम निदाउँदा टाउकोमा कस्तो असर पर्छ त्यो अनुसन्धानमा उल्लेख गरेको छैन् ।

मुटुरोग निद्रा अनुसन्धान

विशेष