कभर स्टोरी

शान्तिका लागि गद्दि छाड्ने बुद्धपछि राजा ज्ञानेन्द्र नै हुन् (भिडियाेसहित)

शान्तिका लागि गद्दि छाड्ने बुद्धपछि राजा ज्ञानेन्द्र नै हुन् (भिडियाेसहित)

काठमाडौं । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय नामैले पनि एक अन्तर्राष्ट्रिय संस्था हो भन्ने बुझिन्छ । मुलुकमा भएको राजनीतिक परिवर्तन आदि कारणले महासंघको चर्चा पछिल्लो समय केही कम भएको छ । तर यो संस्थाले गर्ने गतिविधिले अन्तर्राष्ट्रिय चर्चा पाउने गर्छ । आज पनि विभिन्न देशमा यसका शाखा छन् । 

 

महासंघको लक्ष्य संसारभरका हिन्दुलाई एकै ठाउँमा समेटेर अघि बढ्ने हो भन्दै भण्डारीले भनिन्, ‘केही इशाइबाट प्रभावित भएर राजनीतिक दलले आफ्नो स्वार्थमा रातारात नेपाललाई धर्मनिरपेक्ष बनाएर हिन्दुको पक्षमा बोल्न र काम गर्न हुँदैन भन्ने भ्रम जनतामाझ पारिदिएका छन् ।’ त्यतिबेला बिना कुनै छलफल र जनमतमा नै नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाइएकोमा उनले गुनासो गरिन् ।

 

धर्मनिरपेक्ष राज्य भएपछि त्यसको  दूर्गति यतिबेलो राज्यले भोग्नुपरेको भन्दै उनले वर्तमान सरकारको खरो आलोचना गरिन् । अहिले शृंखलाबद्ध रुपमा घटना भइरहेका भन्दै उनले पछिल्लो समय भएको ‘एसिया प्यासिफिक समिट’ को उदाहरण दिइन् । उक्त सम्मेलनले हिन्दु धर्ममा प्रहार गरेको उनको तर्क छ । 

 

विश्व हिन्दु महासंघको स्थापना स्वर्गीय राजा वीरेन्द्रले गरेका थिए । जतिबेला राजसंस्था थियो । स्थापना नै राजसंस्थाबाट भएको हुँदा हिन्दु धर्मको संवद्र्धन, पालनकर्ता र अभिभावकत्व राजसंस्थाले प्रदान गथ्र्यो । 

 

नेपालमा भएका विभिन्न जातजाति, भौगोलिक स्थिति र त्यसभित्र भएको एकताको सूत्रधार पृथ्वीनारायण शाह नै थिए । उनले भनिन्, ‘त्यो शाहवंशीय राजसंस्था भनेको नेपालकै मियो थियो । त्यो मियो नभएकै कारण नेपालमा बेथितीको स्थिति आयो । हाम्रा धार्मिक र सांस्कृतिक कुरा राजसंस्थासँगै जोडिएका छन् । हाम्रो धार्मिक संस्थाले राजालाई अभिभावक मानेको छ । त्यसकारण राजसंस्था कुनै न कुनै रुपमा फर्किनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ 

 

महासंघको आधारभूत मान्यता हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र हो । महासचिव भण्डारीका अनुसार राजसंस्था फर्किदा नेपाली जनतालाई नभएर केही राजनीतिक दललाई आपत हुन्छ । विगतमा राजसंंस्था हटाउन छिमेकी मुलुक भारतको पनि चलखेल गरेको धेरैले टिप्पणी गर्छन् । बीचमा भएका केही राजनीतिक घटनाका कारण राजसंस्था पाखा लगाउने गल्ति छिमेकी मलुकबाट पनि भएको भन्दै उनले भनिन्, ‘हिजो भएका गल्ति स्वीकारेर राजा फर्काउनु उनीहरुको पनि दायित्व हो । राजा जनताले नै ल्याउँछन् ।’

 

हाल महासंघ पहिलाजस्तो आफ्नो कार्य र गतिविधिमा चुकेको धेरैको अधिकांशको गुनासो छ । तर यसको मतलब महासंघले काम नै नगरेको भन्ने होइन भन्ने कुरा उनले बताइन् । आफनो स्थानबाट कार्य सम्पन्न गरिरहँदा पनि महासंघले गरेका कामलाई राज्यले हेर्ने दृष्टिकोणमा विभेद भएको उनको गुनासो छ । 

 

 

राजा फर्काउन महासंघमात्र नभएर नेपाली जनता पनि आतूर भएको उनको भनाइ छ । हतार नगरे राजा फर्किने बलवान् समय आउने कुरामा उनी विश्वस्त देखिन्थिन् । गौतम बुद्ध पछिका महान् राजा ज्ञानेन्द्र भएको भन्दै उनले भनिन्, ‘राजनीतिक दललाई स्वतन्त्रता दिएर आफ्नो राजगद्दी छोड्ने राजा विरलै हुन्छन् ।’ 

 

 

नेपालमा भएको राजनीतिक उथलपुथल र त्यसको दर्दनाक परिणामको जरा वि सं २०६३ मा भएको १२ बुँदे समझदारीमा भएको उनले औंल्याइन् । अबको बाटो सुधार्न गल्ति त्यही ठाउँबाट सच्याइनुपर्नेमा उनले जोड दिइन् ।  

 

हिन्दु धर्मको पवित्र ग्रन्थ स्वस्थानी व्रतकथाको पुस्तकमा भएको इसाईको बखानलाई लिएर विवाद उत्पन्न भएको छ । यसलाई महासचिव भण्डारीले ठूलो षड््यन्त्रको रुपमा लिएकी छन् । बनारसमा बस्ने सागर शर्मा नाम गरेका व्यक्तिले उक्त किताबको प्रकाशन गरेको पाइएको र महासंघले उनलाई सम्पर्क गर्ने कोसिस गरिरहेको उनले अवगत गराइन् । 

 

यस विषयमा महासंघले संस्कृति मन्त्रालयलाई पनि पत्राचार गरेका र अन्य धार्मिक संंघ संस्थासँग पनि छलपल र बहस गरेको उनले बताइन् । 
 

 

अस्मिता भण्डारी धर्मनिरपेक्षता पूर्वराजा ज्ञानेन्द्र शाह जिसस

विशेष