मुख्य समाचार

आजको मौसम, कहाँ कस्तो ? 

आजको मौसम, कहाँ कस्तो ? 

काठमाडौं । आज काठमाडौंसहित देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको साता लगातार तीनदिन वर्षा भएपछि आइतबार मौसममा सुधार आएको थियो । तर आइतबार बेलुकीपख नै भित्रिएको अर्को पश्चिमी वायुले सोमबार पश्चिमी पहाडी भूभागसहित देशका अन्य ठाउँमा बदली भएको मौसमविद्ले बताएका छन् । 

 

मौसमविद् गंगा नगरकोटीका अनुसार सोमबार पश्चिमी पहाडी भेगका केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको छ । तर पश्चिमी वायुको प्रभाव कमजोर देखिएकाले ठूलो पानी पर्ने सम्भावना भने छैन  । यस्तै सोमबार राति उच्च पहाडी र  हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको उनले बताए । काठमाडौं उपत्यकाको सोमबार बिहान ६ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ ।

मौसम

विशेष