डीपिएलः धनगढीद्वारा काठमाडौंलाई १३३ रनको लक्ष्य

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपिएल) को पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर बलिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३३ रन बनायो ।
उसका लागि अमित श्रेष्ठले सर्बाधिक ५० रन प्रहार गरे । यस्तै, बलिङमा काठमाडौंका नन्दन यादवले दुई, ललितनारायण राजवंशी र अंकति अबासले समान एकएक विकेट लिए ।