मनोरञ्जन

रणवीरले अब नेगेटिभ भूमिकामा काम नगर्ने 

रणवीरले अब नेगेटिभ भूमिकामा काम नगर्ने 

एजन्सी । फिल्म ‘पद्मावत’ मा अभिनेता रणवीर सिंहले निभाएको अलाउद्दिन खिलजीको भूमिकाको चौतर्फी तारिफ भयो । उक्त नेगेटिभ भूमिकाबाट निकै प्रशंशा पाएका रणवीरले अब त्यस्तो भूमिकामा काम नगर्ने घोषणा गरेका छन् । हाल उनी कुनै पनि प्रकारको नकारात्मक भूमिकामा काम गर्ने मूडमा छैनन् ।

 

स्रोतले जनाएअनुसार, रणवीर अब कुनै पनि नकारात्मक भूमिकामा काम गर्ने मानसिक स्थितीमा छैनन् । यसबारेमा आफ्ना नजिकका व्यक्तिसँग कुराकानी गर्ने क्रममा रणवीरले त्यस प्रकारको भूमिकाले आफ्नो आचरणमा नकारात्मक असर परेको बताएका छन् । 

 

 

हालै एक अन्तर्वार्तामा पनि रणवीरले अलाउद्दिन खिलजीको भूमिका निभाएपछि उनको मानसिक स्थितीमा केही नकारात्मक प्रभाव परेको बताए । उक्त भूमिकाको तैयारीको लागि उनले बाहिरी दूनियाँबाट टाढा रहेर २१ दिनसम्म बन्द कोठामा रहेका थिए । 

 

 

आफ्नो यस धारणा र इच्छाका कारण रणवीरले करण जोहरको अर्को फिल्म ‘तख्त’ मा पनि सकारात्मक भूमिका चुनेका छन् । जानकारी अनुसार, उनी यस फिल्ममा भारतमा ताज महल बनाउने राजा शाहजहांको जेठो छोरा दारा शिकोहको भूमिका निभाउनेछन् । दाराको पात्र सकारात्मक छ । किनभने उनको पहिचान उदार राजकुमारको रूपमा रहेको थियो । 

 

 

उनको सानो भाई औरंगजेबको भूमिका यस फिल्ममा दाराको भन्दा ठीक उल्टो र नकारात्मक छ । जसकारण रणवीरले यस भूमिकालाई नकारेर दारा शिकोहको सकारात्मह भूमिकामा काम गर्ने निर्णय गरेका हुन् । बलिउड भास्करले जनाएअनुसार विकी कौशलले औरंगजेबको भूमिका निभाइरहेका छन् । 

रणवीर सिंह

विशेष