कभर स्टोरी भिडियो

यस्तो छ भाइरल गर्ल ‘तरकारीवाली’को हिजोआजको व्यस्तता (भिडियोसहित)

यस्तो छ भाइरल गर्ल ‘तरकारीवाली’को हिजोआजको व्यस्तता (भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जाल बेलाबेला खहरेको भेल झै उर्लिन्छ । त्यो भेलले कुनै बेला कसैलाई नायक बनाइदिन्छ, कसैलाई खलनायक । कुनै समय सामाजिक सञ्जालमा ‘तरकारीवाली’ उपनामबाट चर्चित भएकी कुशुम श्रेष्ठ हिजोआज के गर्दै छिन् त ? यो चासोका कारण हामीले उनलाई नेपालआजको स्टुडियोमा बोलाएका छौं । 

 

फोटोग्राफर रुपचन्द्र मर्हजनले खिचेको तस्बीर रातारात हिट भएपछि कुशुमको परिचय पनि बदलियो । उनी कुशुमबाट तरकारीवाली बनिन् । उनीप्रति चासो र रुची धेरैमा देखियो । ‘तरकारीवाली’का नाममा गीत बने, थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार बनिन् यिनी । एउटा सिनेमामा नायिकाको रोलमा पनि उनले काम गर्ने अवसर पाइन् । 

उनले अभिनय गरेको पहिलो चलचित्र ‘लम्फु’ ले असफलता हात पारे पनि उनको यो क्षेत्रमा पूर्णविराम नै चांँही लागिसकेकोे छैन । मोडल एवं नायिकाको रुपमा स्थापित हुन उनी अहिले पनि मेहनत गरिरहेकी छिन् ।


 केही समयदेखि मिडियामा नआएकी कुशुमले आफू नयाँ चलचित्रको तयारीका लागि व्यस्त रहेको बताइन् । उनी नृत्य र अभिनयको कक्षा पनि लिइरहेकी छिन् । 

 

चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त रहे पनि उनले पढाइलाई भने निरन्तरता दिइरहेकी छिन् । बिबिएस. प्रथम वर्षमा अध्यानरत कुशुमलार्ई  अझै पनि थुप्रै प्रेमप्रस्तावहरु आउने गरेका छन् । पहिलेकै

 

तुलनामा अझै पनि प्रेम प्रस्तावहरु आउने तर आफू करियर बनाउनमा फोकस रहेकाले कसैको प्रस्ताबलाई पनि स्वकिार  नगरेको उनले बताइन् ।

 

चर्चामा आएपछि करियर बनाउन सजिलो भएको उनको अनुभव छ । तर मेहनत भने धेरै नै गर्नुपरिरहेको उनले बताइन् । 

 

चर्चामा आउन मानिसहरुले मुख छाडेर, जथाभावी लेखेर, अमर्यादीत हाउभाउ गरेको देखेर उनलाई अचम्म लागेको छ । उनले भनिन्, ‘आफ्नै परिवारलाई पनि अस्वभाविक हुने काम कसरी गर्न सक्छन् मान्छेहरु ?’ 
 

तरकारीवाली कुसुम श्रेष्ठ

विशेष