डीपीएलः अत्तरियाले टस जित्यो, सोमपालको टोलीलाई बलिङको मौका (लाइभ)

काठमाडौं । सोमबारदेखि कैलालीको धनगढी स्थित फाफ्ला क्रिकेट मैदानमा शुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आज भइरहेको पहिलो खेलमा धनगढी स्टार्स विरद्ध सिवाइसी अत्तरियाले टस जितेर ब्याटिङ रोजेको छ । अत्तरियाले तेस्रो संस्कणको डीपीएलमा पहिलो खेल खेल्दै छ । धनगढीको भने यो दोस्रो खेल हो । धनगढी उद्घाटन खेलमा काठमाडौं गोल्डेन्ससँग पराजित भइसकेको छ ।
अत्तरियामाः दिपेन्द्र सिंह ऐरी (कप्तान), शनि पटेल, आदिल खान, कमलसिंह ऐरी, रामनरेश गिरी, सन्दीप जोरा, भुव कार्की, जयनकिशन कोल्सावाला, प्रेम तामाङ, सुवेन्दु पाण्डेलयागत छन् ।
धनगढीमाः सोमपाल कामी ९कप्तान०, रोहन मुस्तफा, अमित श्रेष्ठ, सुनिल धमाला, शौरभ खनाल, राजु रिजाल, आमिर हायात, पवन श्राफ, हरि चौहान, विपिन खत्रीलगायत खेलाडी छन् ।