स्वास्थ्य

चुरोटको लत छुटाउने ई–सिगरेटले हुन सक्छ क्यान्सर 

अष्ट्रेलियामा पत्ता लागेको नयाँ तथ्य

चुरोटको लत छुटाउने ई–सिगरेटले हुन सक्छ क्यान्सर 

काठमाडौं । नेपालमा चुरोटको लत छुटाउन भनेर इ–सिगरेटको प्रचार हुने गरेको छ । इ–सिगरेट खुलेआम बिक्री हुन्छन् । तर अष्ट्रेलियाका अनुसन्धानकर्मीहरुले हालै एक तथ्य पत्ता लगाएका छन् । त्यो तथ्य हो –इ–सिगरेट वास्तविक चुरोट भन्दा कम छैन । यसले ब्रोंकाइटिस, फोक्साको क्यान्सर, इम्फेसिमा हुने सम्भावना धेरै छ । 

 

यसकारण अब इ–सिगरेट स्वास्थ्यका दृष्टिले सुरक्षित भएनन् । अष्ट्रेलियाका अनुसन्धानकर्मीहरुको टिमलाई उदधृत गर्दै डेलिमेलले लेखेको छ, ‘परम्परागत चुरोटबाट सुर्ती जलेर धुवा आउँछ । इ–सिगरेटमा वाष्पबाट धुवा आउँछ । तर मूल कुरा के हो भने दुवै प्रक्रियामा क्यान्सरका सेललाई विकास गर्ने तत्व भेटिएका छन् । यसकारण ई–सिगरेट हानीकारक छैनन् भन्न सकिएन ।’

टोबाको सम्बन्धी काम गर्ने फिलिप इन्टरनेसनलको अगुवाईमा तास्मानिया विश्वविद्यालयका डा. सुकविन्दर सोहालको टोलीले सिगरेट, इ–सिगरेटसबारे अनुसन्धान गरेको थियो । सोही अनुसन्धानको रिपोर्टले इ–सिगरेट पनि खतरनाक हुन्छन् भन्ने प्रमाण पेस गरेको छ । 
 

विशेष