कभर स्टोरी अपराध सुरक्षा

गुण्डा नाईके राजु गोर्खालीका कारण व्यवसाय चौपट

गुण्डा नाईके राजु गोर्खालीका कारण व्यवसाय चौपट

काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली यतिखेर प्रहरी खोरमा छन् । गुण्डागर्दी तथा सांगठनिक अपराध चलाउदै आएका नाइके गोर्खालीलाई गएको माघ २० मा महानगरीय प्रहरी अनुसन्धान महासाखाले पक्राउ गरेको थियो ।

 

सुन्धारास्थित काठमाण्डु मल ठेक्कामा लिएर भाडा उठाउँदै आएका गोर्खालीले व्यापारीलाई धम्काएको र जबर्जस्ती चर्को रकम असुली गरेको उजुरी परेपछि अनुसन्धान महासाखाबाट खटिएको प्रहरीले गोर्खालीलाई पक्राउ गरेको हो । गोर्खालीमाथि ठगी तथा सांगठनिक अपराध सम्बन्धी मुद्दा चलाइएको छ ।

 

उनै गुण्डा नाइके गोर्खालीका कारण काठमाण्डुमलमा व्यवसाय संचालन गर्दै आएका दर्जनौं व्यवसायीहरु आफ्नो व्यवसायबाट पलायन हुन पुगेका छन् ।

काठमाण्डुमलकै छैटौं तलामा ग्यालेक्सी पार्टी प्यालेस संचालन गर्दै आएका मुनिन्द्रराज बस्नेत यतिखेर व्यवसायविहीन बनेका छन् । मलमा करिब साढे दुई करोड लगानीमा क्याटरिङ व्यवसाय संचालन गरिरहेका बस्नेतको व्यवसाय उनै गार्खालीका कारण चौपट बनेको छ । उनकाे ठूलाे लगानी डुबेकाे छ ।

 

लामो समयदेखि मलमा पार्टी प्यालेस संचालन गर्दै आएका बस्नेतलाई ठेकेदार गुण्डा नाइके गोर्खालीले धम्काएकै भरमा व्यवसाय छाड्न बाध्य पारिएको हो । मासिक अढाई लाख रुपैयाँ भाडा तिरेर व्यवसाय चलाईरहेका बस्नेतलाई गोर्खालीले एकाएक १५ लाख भाडा पु¥याएदिएका थिए । त्यतिनै भाडा तिर्न राजी हुँदासमेत गोर्खालीले बस्नेतलाई मलमा टिक्न दिएनन् । अन्ततः बस्नेत मल र व्यवसाय दुबै छाड्न बाध्य भए ।

 

तर व्यवसायबाटै पलायन गराइएका बस्नेत गुण्डा नाईके गोर्खालीलाई भने सबक सिकाउन सफल भए । उनकै कारण आज नाईके गोर्खाली प्रहरी खोरमा छन् ।

व्यवसायीहरुकै सक्रियतामा नाईके गोर्खालीलाई प्रहरीले पक्रन सफल भएको हो । उनको यस्तो कदममा अन्य व्यवसायीहरुले समेत साथ दिएका थिए । पींडित बस्नेतले न्याय पाउने आशा राखेका छन् ।

 

व्यवसाय कब्जा गर्ने रणनीति

गुण्डा नाइके गोर्खालीले मलको छैटौं तला अर्थात् बस्नेतले पार्टी प्यालेस व्यवसाय संचालन गर्दै आएको फ्लोरमा फिल्म हल संचालन गर्ने भन्दै व्यवसाय कब्जा गर्ने प्रपञ्च रच्न थाले । उनले उक्त फ्लोरमा ४ वटा पर्दासहितको चलचित्र हल निर्माण गर्ने भन्दै बस्नेतलाई स्थान खाली गर्न आदेश दिए । तर बस्नेतले आफूले यति ठूलो लगानी गरेर संचालन गरेको व्यवसाय त्यसै छाडेर जान नसक्ने बताएका थिए । त्यसपछि गोर्खालीले बस्नेतलाई धम्की दिन थाले ।

 

 

२०७४ बैशाख ताका गोर्खालीले बस्नेतले संचालन गर्दै आएका ग्यालेक्सी पाटी प्यालेसमा ताल्चा लगाइदिए । त्यसपछि बस्नेतले आफ्नो लगानीको क्षतिपूर्ति पाए जाने भन्ने कुरा राखे । तर गोर्खाली क्षतीपूर्ति दिन तयार भएनन् । उल्टै बस्नेतलाई धक्याउन थाले । गोर्खालीको यस्तो रबैया बढ्न थालेपछि व्यवसायी बस्नेत प्रहरीकोमा मौखिक जाहेरी दिन गए । 

 

तत्कालीन समयमा प्रहरीको लफडाबाट बच्नकै लागि भएपनि गोर्खालीलाई मौखिक सहमति गर्नु थियो । त्यसैले नाइके गोर्खालीले बस्नेतसँग उचित क्षतिपूर्ति दिने मौखिक सहमति गरे । तर पैसा भने दिएनन् ।

 

उनको मात्र होइन गोर्खालीले मलका अधिकाश व्यवसायीको हालत पनि उस्तै बनाइदिएका छन् । सबै जसो यवसायीहरुको भाडा बढाइएको थियो ।

मासिक २० हजार भाडा भएको कोठाको एक लाख, एक लाख भएको कोठाको ७–८ लाख र २–३ लाख भएको कोठाको १२–१५ लाख हुनेगरी गोर्खालीले भाडा बढाएका थिए । एक्कैपटक यतिधेरै भाडा बढेपछि मलका व्यवसायीहरु आतंकित बनेका थिए ।

 

नियममा भाडा बापतको रकम दुई वर्षमा १० वा १५ प्रतिशत भन्दा बढी बढाउन नपाईने नियम छ । तर चलनचल्तीको नियम यस्तो भए पनि गोर्खालीले भने एक्कैपटक ५ गुणासम्म भाडा बढाएका थिए । गुण्डागर्दीकै भरमा जबर्जस्ती चर्को भाडा असुल्दै आएका गोर्खालीले व्यवसायीहरुलाई ‘तिर्न सक्ने भए बस नत्र मलनै छाडेर जाऊ’ भन्दै धम्क्याउँथे ।

 

गुण्डा नाइके राजु गोर्खाली भनिने राजेन्द्र गोर्खालीले मलको ठेक्का पाउनुअघि काठमाण्डुमलमा ठेकेदार प्रवीण शमशेर राणा थिए । कर्मचारी सञ्चयकोषको स्वामीत्वमा रहेको सो मल राणाले २०६३ सालामा १५ वर्षका लागि ठेक्कामा लिएका थिए । तर मल व्यवस्थापनको जिम्मेवारी पाएका राणाले सम्झौता सकिन ५ वर्ष बाँकी छँदै २०७२ सालमा मलबाट हात झिके ।

 

आर्थिक मुनाफा राम्रो नदेखेर राणाले मल छाडेको जानकारहरु बताउछन् । राणाले छाडेको मलमा सञ्चय कोषले पुनः टेण्डर आह्वान गरेको थियो । दोस्रो पटक व्यवस्थापनको जिम्मेवारी गुण्डा नाइके राजु गोर्खालीले पाए । तर टेण्डर भने गोर्खालीले नभएर शिव लक्ष्मी कोजुले पाएका थिए । पछि गोर्खालीले मिलाएर आफ्नै ग्रुप अन्तरगतको कम्पनी सुर्य स्वस्थी इन्भेष्टमेन्टको नाम टेण्डर मिलान गरेको पुष्टि भएको छ ।

 

आर्थिक मुनाफा राम्रो नदेखेर राणाले मल छाडेको जानकारहरु बताउछन् । राणाले छाडेको मलमा सञ्चय कोषले पुनः टेण्डर आह्वान गरेको थियो । दोस्रो पटक व्यवस्थापनको जिम्मेवारी गुण्डा नाइके राजु गोर्खालीले पाए । तर टेण्डर भने गोर्खालीले नभएर शिव लक्ष्मी कोजुले पाएका थिए । पछि गोर्खालीले मिलाएर आफ्नै ग्रुप अन्तरगतको कम्पनी सुर्य स्वस्थी इन्भेष्टमेन्टको नाम टेण्डर मिलान गरेको पुष्टि भएको छ ।

 

गुण्डा गर्दीकै भरमा चर्को भाडा असुल्दै आएका नाइके गोर्खालीले मनोवाञ्छित रकम उठाउन भने सकेनन् । उनले टेण्डर लिएको २२ महिनामै मल छाड्नु पर्‍यो । सो अबधिमा गोर्खालीले त्यहाँका व्यापारीसँग सकेको असूल गरे । नयाँ ठेकेदारले मनलाग्दी रुपमा अचाक्ली भाडा असुल्न थालेपछि प्रशासनमा उजुरी पर्न थाल्यो । जसका कारण गोर्खालीले पनि सम्झौता भंग गरेर हिँडे ।

 

 

यसपछि सञ्चयकोषले २०७५ पुस  ११ गते गोर्खालीको ठेक्का टेण्डरनै खारेज गरिदियो । हाल मलको भाडा सञ्चयकोषले नै उठाउदै आएको छ । बीचमा केही समय मल व्यापार संघले काम गरे पनि अहिले भने कोषले मलमै आफ्नो अफिस खोली मलको व्यवस्थापन गरिरहेको छ ।

हाल काठमाण्डुमलमा साना ठूला गरी ३०० पसलहरु रहेका छन् । जसमा करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

काठमाण्डु मल

विशेष