डीपीएलः ज्ञानेन्द्रको टोलीको खराब प्रदर्शन, दोस्रो ओभर सकिदा २ विकेट गुम्यो (लाइभ)
काठमाडौं । धनगढीको फाफ्ला क्रिकेट मैदानमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आफ्नो दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले खराब प्रदर्शन गरेको छ । महेन्द्रनगर यूनाइटेड विरद्धको खेलमा उसले २ ओभरको खेल सकिदा महत्वपूर्ण दुई विकेट गुमाएको छ । काठमाडौंले अनिलकुमार शाह (६) लाई र गौरव तोमर (१) लाई गुमाएको हो । शाहलाई मोहम्मद नाभिद र गौरवलाई अविनाशले आउट गरे ।
आजको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले टस जितेर बलिङ रोजेको हो । महेन्द्रनगर आज पहिलो जितको खोजिमा छ । पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग पराजित भएको महेन्द्रगरलाई दबाब कम गर्न आजको खेल जित्न आवश्यक छ । यस्तै, काठमाडौंले भने पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै शानदार शुरुवात गर्न सफल भयो । काठमाडौं गत संस्करणको उपविजेता पनि हो ।
काठमाडौं टोलीः ज्ञानेन्द्र मल्ल (कप्तान), गौरभ टमोर, अंकित दबास, विक्रम कुमार भूषाल, अभिनभ यादव, राशिद खान, ललितनारायण राजवंशी, नन्दन यादव, अनिलकुमार शाह, सोनु तामाङ, सुर्य तामाङ, योगेन्द्रसिंह कार्की, मेहबुब आलम, सुधिर चौधरी, विक्रम ठगुन्ना ।
महेन्द्रनगर टोलीः शरद भेषावकर कप्तान, आरिफ शेख, रोहितकुमार पौडेल, अविनाश बोहरा, दिलिप नाथ (विकेटकिपर), मोहम्मद नाभिद, अमरसिंह रौटेला, सागर ढकाल, दीपेन्द्र चन्द, शाहब आलम, सन्तोष भट्ट, सिद्धान्त लोहनी, कुशल मल्ल, सुशिल खड्का ।
धनगढी प्रिमियर लिग