यौन-शिक्षा स्वास्थ्य

आज कण्डम दिवस, जान्नुहोस् प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

आज कण्डम दिवस, जान्नुहोस् प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

काठमाडौं । बुधबार नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय कण्डम दिवस मनाईँदै छ । हरेक वर्ष फेब्रुअरी १३ का दिन मनाइने कण्डम दिवसका अवसरमा यो वर्ष ‘सेफर इज फन’ नारा तय गरिएको छ ।

 

कण्डम पुरुषले प्रयोग गर्ने एक मात्र अस्थायी गर्भनिरोधक साधन हो र यसले यौन रोगको संक्रमण हुनबाट पनि जोगाउँछ । अर्थात कण्डम सुरक्षित यौन सम्पर्कको सबैभन्दा सहज, सुलभ र सजिलो माध्यम हो । कण्डमले सहवासको बेलामा वीर्य निस्कदा यसमै जम्मा हुने र महिलाको पाठेघरमा पुग्न नदिई गर्भ रहनबाट राक्ने काम गर्छ ।

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
–यौन सम्पर्कको समयमा फुट्ने, चिप्लिने जस्ता समस्या देखिने भएका कारण सही तरिकाले प्रयोग गर्ने

–एकै पटकमा दुईवटा कण्डम प्रयोग नगर्ने

–प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने

 

कण्डम दिवस

विशेष