डीपीएलः काठमाडौं गोल्डेन्सद्वारा शरदको टोलीलाई १३६ रनको चुनौती (लाइभ)
काठमाडौं । धनगढीको फाफ्ला क्रिकेट मैदानमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आज भइरहेको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनायो ।
उसका लागि अंकित दबास (नट आउट) ले सर्बाधिक ६६, योगेन्द्रसिंह कार्की (नट आउट) ले २२ कप्तान ज्ञानेन्द्र मल्लले १४, महबुब आलमले १३ रन बनाए । बलिङमा महेन्द्रनगरका अमरसिंह रोटेलाले २, मोहम्मद नाभिद, अविनाश बोहरा र सागर ढकालले एकएक विकेट लिए ।
महेन्द्रनगर आज पहिलो जितको खोजिमा छ । पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग पराजित भएको महेन्द्रगरलाई दबाब कम गर्न आजको खेल जित्न आवश्यक छ । यस्तै, काठमाडौंले भने पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै शानदार शुरुवात गर्न सफल भयो । काठमाडौं गत संस्करणको उपविजेता पनि हो ।
धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट