मनोरञ्जन

प्रचण्डकी नातिनी स्मिताले ल्याइन् ‘भुर्रभुर्र’ (भिडियोसहित)

प्रचण्डकी नातिनी स्मिताले ल्याइन् ‘भुर्रभुर्र’ (भिडियोसहित)

काठमाडौं । गायिका स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘यो मन उड्यो चरा बनी आकाशमा..’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो । यसअघि, ‘पानी कुवाको..’ बोलको गीत गाएर चर्चा कमाएकी दाहालसँगै यो गीतमा शानिध्य खनालले साथ दिएका छन् ।

 

स्मिता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी पनि हुन् । गीतमा शैलेन्द्र शरदको शब्द, संगीत गैरे सुरेश, अभिनय जितेन श्रेष्ठ र श्री पाण्डेको छ । भिडियोको छायांकन उत्सव दाहाल, सम्पादन विकास दाहाल, निर्देशन युवराज वाइवाले गरेका हुन् । 

स्मिता दाहाल

विशेष