खेल

डीपीएलमा अत्तरिया र रुपन्देही भिड्दै (लाइभ) 

डीपीएलमा अत्तरिया र रुपन्देही भिड्दै (लाइभ) 

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आजको पहिलो खेलमा रुपन्देही च्यालेन्र्सविरुद्ध सीवाइसी अत्तरियाले टस जितेर ब्याटिङ रोजेको छ । यी दुवै टोलीबीचको खेल विहान ९ बजे शुरु भएको हो । खेल धनगढी स्थित फाफ्ला क्रिकेट मैदानमा भइरहको छ । 

 

अंक तालिकामा अत्तरिया तेस्रो र रुपन्देही लगातार दुई जीत निकाल्दै पहिलो स्थानमा छ । सीवाइसीको नेतृत्व दिपेन्द्रसिंह ऐरीले गरिरहेका छन् । यस्तै, रुपन्देहीका बसन्त रेग्मी कप्तान छन् । आज सीवाइसी दोस्रो जीतको खोजीमा र रुपन्देही लगातार तेस्रो जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहन चाहन्छ ।  

 

रुपन्देही टोलीः बसन्त रेग्मी (कप्तान) राजा अलि डर, बाबर हायात, ललित भण्डारी, प्रदीप ऐरी, पुरन विके, सन्दीप सुनार, अनिल खरेल, सुमित महर्जन, विनोद भण्डारी, कृष्ण कार्की, सुरज दराई, विक्रम सोब, भीम शार्की, शेर मल्ल ।

 

अत्तरिया टोलीः दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्नी पटेल, जयकिसन कोल्सवाला, जितेन्द्रसिंह ठकुरी, भुवन कार्की, दीपेन्द्र रावत, प्रेम तामाङ, आदिल अन्सारी, रामनरेश गिरी, कमलसिंह ऐरी, सन्दीप जोरा, खगेन्द्र जोशी, सुभेन्दु पाण्डे, रित गौतम, ज्ञानेन्द्र कुँवर ।

धनगढी प्रिमियर लिग रुपन्देही च्यालेन्जर्स सीवाइसी अत्तरिया

विशेष