विश्व बडिबिल्डिङका हस्ति आज नेपाल आउँदै
काठमाडौं । विश्व बडिबिल्डिङका हस्ति रोली विङ्कलार बिहिबार नेपाल आउने भएका भएका छन् ।
नेपालमा पहिलो पटक हुन लागेको ‘आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ का लागि विङ्कलार बिहिबार नेपाल आउने भएका हुन्।
बुधबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा आयोजक आइएफबिबि लिग नेपालका अध्यक्ष सानु गुरूङले रोली इतिहाद एयरलाइन्सबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४ बजेर १० मिनेटमा अवतरण गर्ने जानकारी दिए । रोली विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन्। उनको हातको पाखुरा मात्र २४ इन्ची, छाति ६० र खुट्टाको पाखुरा ४८ इन्चीको छ ।
सोशल मिडिया इन्स्टाग्राममा १२ लाख मानिसले उनलाई पछ्याउँछन् । रोली यो वर्ष पहिलो पल्ट नेपालमा देखा पर्न लागेका हुन्। उनी वर्षमा १–२ पल्ट मात्र प्रतियोगिताको अवसरमा सार्वजनिक रुपमा देखा पर्छन् । नेपालमा उनी आइएफबिबि प्रोफेसनल लिगको ‘प्रो क्वालिफायर’ मा ‘गेष्ट पोजर’ को रुपमा देखा पर्न लागेका हुन् ।
विश्व बडिबिल्डिङ रोली विङ्कलार