स्वास्थ्य

नवजात शिशुलाई पानी किन नपिलाउने ?

नवजात शिशुलाई पानी किन नपिलाउने ?

 

काठमाडौं । आफ्नो बच्चालाई कति उमेरबाट पानी पिलाउन सुरु गर्ने भन्ने अभिभावकमा अन्योल हुन सक्छ । त्यस्तो हो अब त्यो अन्योल हटाउनुहोस् । सामान्यतया स्तनपानबाटै नवजात शिशुलाई ९० प्रतिशत पानीको आपूर्ति हुन्छ । साथै, बच्चाले आमाको दूधबाटै हाइड्रेड पनि प्राप्त गरिरहेको हुन्छ । त्यसैले ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुन्छ ।

 

नवजात शिशुलाई पानी पिलाउँदा तौलमा कमी आउन सक्छ र ६ महिनाभन्दा कम उमेरका शिशुलाई पानी खुवाएमा जन्डिससमेत हुन सक्छ ।

 

नवजात शिशुलाई पानी पिलाउँदा विभिन्न शारीरिक तथा मानसिक समस्या पनि निम्तिन सक्छ ।
नवजात शिशुलाई पानी पिलाउने बानी गर्दा उसले आमाको दूध नै मन नपराउने हुन सक्छ जुन बच्चाको स्वास्थ्यको लागि निकै हानिकारक साबित हुन्छ ।

 

बच्चा चार महिनाको भएपछि आमाको दूधको साथै दिनमा एक वा दुईपटक दुईदेखि तीन चम्चासम्म मात्र पानी पिलाउन सकिन्छ तर पानीमा बढी जोड दिनुहुँदैन । 

 

जब बच्चाले ठोस खाना खान थाल्छ, तब मात्र पानी पिउन सक्ने हुन्छ । यस्तो अवस्थामा पानी पिलाइयो भने उसलाई कब्जियतको समस्या हुँदैन ।

 

विशेष