मनोरञ्जन

भ्यालेन्टाइन स्पेसलः जब अनिल कपूर प्रेम र क्यारियरको बीचमा फसे

भ्यालेन्टाइन स्पेसलः जब अनिल कपूर प्रेम र क्यारियरको बीचमा फसे

बलिउड अभिनेता अनिल कपूर र उनकी श्रीमती सुनिताको प्रेम कहानी बलिउडको सबभन्दा राम्रो प्रेम कहानीमध्येको एक हो । आफ्नो प्रेम कथा अनिलले सधैं दर्शकसामु सेयर गरे । तर उनको जीवनमा यस्तो समय पनि आएको थियो जब उनलाई प्रेम र क्यारियरमध्येमा एउटा छान्नुुपर्ने स्थिती आयो । 

 

एक मनले उनलाई भन्थ्यो, अविवाहित हुनु एक अभिनेताको क्यारियरको लागि राम्रो कुरा हो । धेरैले उनलाई फिल्मी क्यारियरले राम्रो गति लिइरहेको समयमा विवाह नगर्नपनि सुझाए । उनलाई आफ्नो फिल्मी क्यारियर र प्रेममध्येमा एकलाई रोज्नुपर्ने थियो । यतिबेला उनले मनको कुरा सुने । अर्थात उनले विवाह गरे । 

 

अनिलले भने, ‘जब म सुनितासँगको प्रेममा थिएँ , तब उनी टप मोडल थिइन् । जब मसँग उनको भेट भयो, म नै उनको प्राथामिकता बनें । त्यतिबेला उनको र मेरो बसाइको दूरी टाढा थियो । म उनलाई बसमा भेट्न जान्थें । तर उनी मलाई ट्याक्सीमा आउन सुझाउथिन् । ट्याक्सीमा जान पैसा कसले दिन्छ भनेर प्रश्न गर्दा आफैं दिन्छु पनि भन्थिन् । मलाई महंगा गिफ्ट पनि दिने गर्थिन् । उनको मन धेरै उदार छ । आज पनि उनी उस्तै छिन् ।’

 

टप मोडलसँगको प्रेममा रहेका उनले पनि त्यतिबेला आफूूलाई स्टार बनाउन सक्थे । किनभने कुनै पनि सेलिब्रटिको प्रेमका बारेमा समाचार छापिनु, मिडियाको ध्यान जानु स्वभाविक थियो । तर आफूले त्यसो गर्न नचाहेको उनले बताए । 
 

अनिल कपूर

विशेष